आज:  | Fri, 22, Mar, 2024

मन्त्रीको अगुवाईमा हडपेको सरकारी जग्गामा लाग्यो सरकारी साइनबोर्ड

२०७६, ४ फाल्गुन आईतवार १७:१० मा प्रकाशित ( ४ साल अघि) ३४१०१ पाठक संख्या

ललित बिष्ट, काठमान्डौ । भूमि,व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालको अगुवाईमा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ आलोकनगरमा रहेको १७ रोपनी सरकारी जग्गालाई केही व्यक्तिहरूले हडपेका थिए उक्त जग्गालाई आइतबार ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड गाडेकी छन् । उक्त कार्यमा प्रदेश सरकार, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, नेपाल प्रहरी, महानगरिय प्रहरी, नापी विभाग, बिभिन्न अभियन्ता, संघ संस्थाहरू लगायत सयौंको संख्यामा स्थानीय वासीहरूको उपस्थितीमा सार्वजनिक जग्गामा नेपाल सरकारको बोर्ड राखीएको छ ।

बोर्ड राख्दै मन्त्री अर्यालले अब व्यक्तिको जग्गा सरकार मातहत ल्याउने कामकाे यो थालनी मात्र भएको बताइन् । बोर्ड राख्ने क्रममा केही स्थानीयले नारा तथा विरोध गरेका थिए भने स्थानीय बसन्तबहादुर खड्काले उक्त जग्गा आफ्नो नाममा भएको भन्दै लालपूर्जाको प्रतिलिपि मन्त्रीलाई देखाएका थिए तर मन्त्रीले कसैले सरकारी जग्गालाई आफ्नो प्रमाण छ भनेर फाइल देखाएर सरकारी जग्गा कसैले नहुने भन्दै अब सरकारी जग्गा आफ्नो मातहतमा ल्याउन कुनै कसर बाँकी नराखिने समेत बताइन् ।

मन्त्री अर्यालले काठमाडौंको वडा नम्बर १० र २६ मा समेत त्यस्तो जग्गाहरू रहेको भन्दै त्यस ठाउँमा पनी बोर्ड राखिने बताउनु भएको छ यस्ता कार्यले उपत्यकाका नदीनालाहरूको समेत रूपरंग फेरिने कुरा अभियन्ताहरूले आफ्ना सामाजिक संजालमा ख़ुशीका प्रतिकृया दिएका छन ।
स्मरण रहोस बाग्मती सफाइ अभियानका अभियन्ताहरूले यो कार्य गर्नका लागी बिगत सात बर्षदेखी सरकारलाई झकझकाउदै आइरहेका थिए नदी किनारमा सरकारी जग्गा व्यक्तिहरूले यसरी हडपेर अबैध संरचना बनाएका कारण बाग्मती सफाई महाअभियान लगाएत उपत्यकाका अन्य सहायक नदी सफाई अभियानमा समस्या आइरहेको छ । कती पटकको सफाई अभियानमा त अभियन्ता र त्यस्ता सरकारी जग्गा हडपने व्यक्तिहरू बीच बिबाद आऊने गरेको थियो । तर आज सरकारका मन्त्रीबाट नै यो कार्यको थालनी भएकाले हामीलाई थप ऊर्जा मिलेको बागमती सरसफाइ तथा समाजिक अभियन्ता माला खरेलले खुशि ब्यक्त गरेकी छिन ।
फोटो: आलोकनगर कम्यूनिटी

खबर एक्सप्रेस