आज:  | Fri, 22, Mar, 2024

चीनमा कोरोनाभाइरसबाट सयभन्दा बढीको मृत्यु

२०७६, ५ फाल्गुन सोमबार १५:०६ मा प्रकाशित ( ४ साल अघि) १५१२९ पाठक संख्या

कोभिड भाइरस नाम दिइएको कोरोनाभाइरसको सङ्क्रमणबाट चीनमा आइतबार मात्रै एक सय पाँच जनाले ज्यान गुमाएका छन् भने दुई हजार ४८ जना नयाँ बिरामी थपिएका छन्।

आइतबार मध्यरातिसम्ममा भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या ७० हजार पाँच सय ४८ पुगेको छ। हालसम्म एक हजार सात सय ७० जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयको रिपोर्टअनुसार एक दिनमै हुबेई प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमणबाट सय जनाको मृत्यु र एक हजार नौ सय ३३ नयाँ बिरामीको भएको पुष्टी भएको छ। जसमध्ये एक हजार छ सय ९० जना राजधानी वुहानका हुन्।

चीन बाहिर पनि कोरोनाभाइरसको संक्रमणले तीन जनाको ज्यान गइसकेको छ। जापान, फ्रान्स र फिलिपिन्समा एक–एक जनाले ज्यान गुमाएका छन्। रिपोर्टअनुसार अहिलेसम्म नौ हजार चार सय ६५ जनाको उपचार भइसकेको छ।

खबर एक्सप्रेस