आज:  | Mon, 25, Sep, 2023

महराको ससद भवनमा पहिलो लाइनमा सिट हुने

२०७६, ५ फाल्गुन सोमबार २१:१७ मा प्रकाशित ( ३ साल अघि) १३३६२ पाठक संख्या

पूर्व सभामुख एवम् सत्तारुढ नेकपाका सांसद कृष्णबहादुर महराले आज काठमाडौं जिल्ला अदालतबाट सफाइ पाउनु भएकोछ सफाइ पाएसँगै अब संसदको हैसियतमा हुनुहूनेछ। प्रतिनिधि सभा नियमावलीले फौजदारी अभियोग लागेको व्यक्तिको सांसद पद निलम्बित हुने व्यवस्था छ। महरा बलात्कारको आरोपमा पक्राउ परेपछि वहाले सभामुख पदबाट मात्र राजीनामा दिएको अवस्था थियो तर सांसद पदबाट भने राजीनामा दिनुभएको थिएनन्।
आज काठमाडौं जिल्ला अदातलले सफाइ दिएपछी अब संसद बैठकमा सहभागि हुन पाउने साथै बस्ने सिट प्रतिनिधि सभाको पहिलो लहरमा हुनेछ। संघीय संसद सचिवालयले पूर्व प्रधानमन्त्री र पूर्व सभामुखहरुलाई पहिलो लाइनमा सिट दिदै आएकोले अब महराले पनि सोही लाईनकोसँगै सिट बस्नुहुनेछ। स्मरण रहोस् प्रतिनिधि सभाको बैठक भोली १ बजे बस्दैछ।

खबर एक्सप्रेस