वर्षकै बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ चैत २८ देखि रिलिज हुँदैछ । महँगो बजेट र ठुलो क्यानभासमा सन्तोष सेनले निर्माण गरेको सिनेमाको गीत हात्ती ढुँगामा’ भिडियो रिलिज यसै साता युट्युब ट्रेन्डिङ एकमा समेत पर्न सफल भयो । उक्त गीतको भिडियो अहिलेसम्म टिकटकमा करिब १० हजार बढी बनेका छन् ।अहिले यो फिल्मको चर्चासंगै बिदेशमा उच्च माग बढ़ेकोछ । फिल्म युके र यूरोपका ८देशका लागि बिदेश राईटस् २३,५०० युरो ( करिब ३० लाख नेरु.) मा बिक्री भएको छ ।
इनास चलचित्र प्रबर्द्धन समिती ग्लोबल संयोजक मनिष श्रेष्ठज्यू र इनास युरोप कोर्डिनेटर सन्त कुमार थापाले राईटस् खरिद गरेका छन् भने प्रेमगीत ३ को प्रदशनलाई अझ ब्यबस्थित गर्न इनास चलचित्र प्रबर्द्धन समिती युके कोर्डिनेटर रजनी सुनुवारज्यूले समेत जिम्मेवारी प्रदान गरिएको कुरा मनिष श्रेष्ठज्यूले जानकारी गराउनु भएको छ।
यो फिल्म छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको सिनेमाले २ सय वर्ष पुरानो लभस्टोरी पर्दामा उतारेको छ ।भने निर्माण टीमले केही दिन मै टेलर लंच गर्दैछ ।‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता युवा स्टार प्रदीप खड्काको जोडीमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ छिन। फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।
फिल्ममा अन्य कलाकारमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् ।
फिल्मको छायाँकन राजेश श्रेष्ठ सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन । फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् ।
सामाजिक अभियन्ता चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । यो फिल्मले बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।