आज:  | Sat, 13, Apr, 2024

‘प्रेम गीत३’ को शिर्ष गीत सार्वजनिक

२०७६, ९ फाल्गुन शुक्रबार १८:२३ मा प्रकाशित ( ४ साल अघि) ८५२५१ पाठक संख्या

वर्षकै बहुप्रतिक्षित चलचित्र‘प्रेम गीत३’को लिरिकल भिडियो गीत सार्वजनिक भएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वर रहेको गीतमा राजेश कुमार श्रेष्ठको शब्द/रचना एलिस कार्कीको सङ्गीत रहेको छ गीतमा प्रेम र गीतको प्रेम सम्बन्धलाई देखाइएको छ भने गीतको भिडियो केहि दिनमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।

सन्तोष सेनले निर्माण गरेको चलचित्र प्रेम गीत३ को ‘हात्ती ढुँगामा’ बोलको गीत गतसाता युट्युब ट्रेन्डिङ एकमा समेत पर्न सफल भयो । उक्त गीतको भिडियो अहिलेसम्म टिकटकमा करिब ८ हजार भन्दा बढी बनेका छन् भने अमेरिका,उत्तर अमेरिका,युके र युरोपमा चलचित्रको प्रदर्सन अधिकार महँगो मुल्यमा बिक्री भैसकेको छ ।

छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको चलचित्र‘प्रेम गीत३’ मा अहिलेका चल्तीका अभिनेता युवा स्टार प्रदीप खड्काको जोडीमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ छिन। फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने फिल्ममा नवनायक मनिष राउतका साथै शिव श्रेष्ठ,सुनिल थापा,सन्तोष सेन,माओत्से गुरुङ,लक्ष्मी बर्देवा,जीवन भट्टराई,जीवन बराल,अनुभव रेग्मी,योगिशा खत्री, प्रेम पुरी,सुजल बस्नेत,सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् ।

ललित बिष्टको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा छायाँकन राजेश श्रेष्ठ सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन । फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

चक्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान शाह र ओएसआर डिजिटलको सह-निर्माताको रुपमा सहकार्य रहेको छ । चलचित्र चैत २८ गते नयाँ बर्षको छेको पारेर विश्वभर एकसाथ प्रदर्सनमा आउने भएको छ ।

भिडियो लिन्क:

खबर एक्सप्रेस