आज:  | Wed, 27, Mar, 2024

छोरीको पढाईका लागी चीनमा एन्टी–कोरोना भाइरस टेन्ट निर्माण

२०७६, १० फाल्गुन शनिबार २२:१९ मा प्रकाशित ( ४ साल अघि) १९५९३ पाठक संख्या

चीनमा एक महिलाले आफ्नी छोरीको अनलाइन कक्षाको लागि बाहिर बस्न मिल्ने एन्टी–कोरोना भाइरस टेन्ट बनाएकी छन् । उनको घरभित्र इन्टरनेटको सुविधा राम्रो नभएकोले बाहिर बसेर पढ्नको लागि उक्त टेन्ट निर्माण गरेको उनले बताइन् ।

उनकी छोरी बी मेनगी ७ वर्षकी भइन् । भाइरसको त्रास फैलिरहेको बेला एक आमाले आफ्नी छोरीको लागि काठ र प्लास्टिककको टेन्ट तयार गरेकी छन् ।

घर बाहिर टेन्ट लगाएर अस्थायी कक्षा सुरु गरिएको छ । बिना कुनै समस्या टेन्टमा बी मेनगी अब अनलाइन कक्षामा उपस्थित हुन सक्नेछिन् ।

भाइरसको महामारीका कारण उनको पढाइमा कुनै समस्या उत्पन्न नहोस् भनेर उनले यो उपाय अपनाएकी हुन् ।

खबर एक्सप्रेस