आज:  | Thu, 18, Apr, 2024

पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने चार पक्राउ

२०७६, १२ फाल्गुन सोमबार १३:५९ मा प्रकाशित ( ४ साल अघि) १२९२८ पाठक संख्या

नेकपा गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न जाँदै गरेका प्रधानमन्त्री ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोजेको आरोपमा चार जना पक्राउ परेका छन्।

पोखराको सभागृहको गेट नजिक प्रधानमन्त्री ओलीलाई
समाजवादी विद्यार्थी युनियनले कालो झण्डा देखाउन खोजेका थिए ।

प्रहरीले समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमिल्सिना र प्रवास भट्टराईलाई पक्राउ गरेको छ। उनीहरूले प्रधानमन्त्रीविरूद्ध नाराबाजी पनि गरेका थिए।

खबर एक्सप्रेस