आज:  | Sun, 02, Apr, 2023

बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने

२०७६, १४ फाल्गुन बुधबार १४:२४ मा प्रकाशित ( ३ साल अघि) १२६१८ पाठक संख्या

नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनमा बर्दिया-१ कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ। आज बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ।यसअघि गत माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूले गौतमलाई आग्रह गरेका थिए तर उनले प्रधानमन्त्री बन्न नपाइने राष्ट्रिय सभामा आफू नजाने बताएका थिए ।
यस अघी गौतम पटक-पटक सांसद बन्न प्रयास गरेका थिए

खबर एक्सप्रेस