आज:  | Thu, 21, Mar, 2024

वामदेव गौतम बारे प्रधानमन्त्री र नेपालबीच भेटघाट

२०७६, १४ फाल्गुन बुधबार २०:०९ मा प्रकाशित ( ४ साल अघि) १४१०६ पाठक संख्या

वामदेव गौतमको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बालुवाटारमा भेटघाट सकिएको छ । स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई पार्टीको निर्णय आउनु अघि नै मन्त्रीपरिषदले अर्थमन्त्री खतिवडाको राष्ट्रियसभामा म्याद थपका लागि सिफारिस गरिसकेको बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले आज बिहान वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने भनेर निर्णय भएको थियो त्यसपछि प्रधानमन्त्रीले नेता नेपाललाई आफूमाथि घेराबन्दी भएको भन्दै गौतमलाई सिफारिस गर्न आफू बाध्य नहुने बताएका थिए । ओलीले बैठकमा सहमति भइसकेको विषयमा निर्णय नलिने बताएपछि नेता नेपाल बालुवाटार पुगेका थिए ।

खबर एक्सप्रेस