आज:  | Thu, 28, Sep, 2023

खरेलको ‘हाम्रो नेपाल,हामी नेपाली’ अभियान घोषणा नहुदै विवाद

२०७६, १५ फाल्गुन बिहीबार १६:२५ मा प्रकाशित ( ३ साल अघि) २०३३७ पाठक संख्या

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले ‘हाम्रो नेपाल,हामी नेपाली’ अभियान चलाउने भएका छन्।

आज घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान घोषणा पूर्व नै पूर्व डीआईजी रमेशप्रसाद खरेल, पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिएको छ ।
भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको अभियानमा बिबादित ब्यक्त्ती ज्ञानेन्द्र शाहीलाई राखिएकोले हामी अहिलेका लागि समूहमा रहँदैनौँ र घोषणासभामा हामी उपस्थित हुँदैनौँ भनी खरेलले जानकारी गराए ।
आज अपरान्ह काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने तयारी थियो तर आन्तरिक विवादका कारण खरेलको समूह अलग्गिएको हो।
खरेल २०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए।

खबर एक्सप्रेस