आज:  | Thu, 18, Apr, 2024

सरकारको निर्णयसंगै आयल निगम अब न नाफा न घाटामा

२०७६, १५ फाल्गुन बिहीबार २०:४१ मा प्रकाशित ( ४ साल अघि) २९९४७ पाठक संख्या

सरकारले पेट्रोलियम पदार्थको मूल्यमा ५ रुपैंया थप पूर्वाधार कर लगाउने भएको छ। आयल निगमले पूर्वाधार करमा थपिएको कर निगमले लिँदै आएको नाफाबाट समायोजन गर्ने तयारी गरेको हो । ५ रुपैंया कर बढेकै कारण उपभोक्ताले थप मूल्य व्यहोर्नु नपर्ने अहिले आयल निगम स्वचालित मूल्य प्रणाली भएकोले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएसँगै आयल निगमको पनि मूल्य घटबढ हुन्छ तर सरकारले बढाएको करकै लागि मूल्य नबढने आयल निगमले बताएको छ अहिले रहेको नाफाबाटै त्यो घट्छ नायव कार्यकारी निर्देशक भट्टराईले भने भए भरको नाफा पूर्वाधार करको नाममा सरकारले तानिदिएपछि बरु निगमको नाफा शून्यतिर हुन्छ निगम अब नाफा नै नलिई काम गर्नुपर्ने अवस्थामा पुग्ने भएकोछ
अहिले काठमाडौंमा पेट्रोलको मूल्य १०८रुपैंया, डिजेल र मट्टितेलको ९७रुपैंया प्रतिलिटर मूल्य निर्धारण छ । यो मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ५रुपैंया २४पैसा,डिजेलमा ६रुपैंया ६६पैसा र मट्टितेलमा २५रुपैंया ७४पैसा,हवाई इन्धनमा १०रुपैंया ३पैसा नाफा हुँदै आएको थियो । यो नाफाबाट अब प्रतिलिटर ५रुपैंया नाफा निगमको घट्नेछ।

खबर एक्सप्रेस