आज:  | Thu, 02, Feb, 2023

दैलेखमा ३० हजार घुस रकम सहित प्रधानाध्यापक नियन्त्रणमा

२०७६, १५ फाल्गुन बिहीबार २०:५६ मा प्रकाशित ( २ साल अघि) ३३४१९ पाठक संख्या

दैलेख जिल्लाको नौमुले गापा १ को भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहले विद्यालयका शिक्षकहरूको चौमासिक तलब र दशैँ भत्ता निकासा गर्नका लागी पटक पटक घुस मागेको भनि उजुरी परेकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट गएको अख्तियारको टोलीले प्रधानाध्यापक सिंहलाई ३० हजार घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ। नौमुले गापामा रहेको एनएमबी बैंकबाट ऊनलाई नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ। उनीमाथि अहिले थप अनुसन्धान भइरहेको छ ।

खबर एक्सप्रेस