आज:  | Fri, 22, Mar, 2024

प्रधानमन्त्रीबाट सबै विद्यालयहरु बन्द गर्न आह्वान

२०७६, १५ फाल्गुन बिहीबार २१:२३ मा प्रकाशित ( ४ साल अघि) १८०१२ पाठक संख्या

जापानका प्रधानमन्त्री सिन्जो आवेले जापानका सबै विद्यालयहरु बन्द गर्न आह्वान गरेका छन् । द्रुत गतीमा फैलिरहेको कोरोना भाईरसको प्रभावलाई मध्यनजर गर्दै मार्च २ देखी हारु यासुमी (बसन्त ऋतुमा दिइने लामो विदा) सम्म जापान भरिका सार्वजनिक विद्यालयहरु बन्द गर्न आह्वान गरेका हुन् । यो विदा अप्रिलको सुरुवातीसम्म रहन्छ । हिजोमात्र होक्काइदो प्रान्तमा रहेका १६०० विद्यालयहरुलाई एक हप्ता बन्द गर्न आह्वान गरिएको थियो । प्राथमिक तथा जुनियर हाइस्कुलका ५० भन्दा बढि विद्यार्थी र शिक्षकहरुमा कोरोनाभाइरसको संक्रमण देखिएपश्चात छोटो समयका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकै भोलीपल्ट देशभरका प्राथामिक, माध्यमिक तथा उच्च विद्यालयहरु बन्द गर्न आह्वान गरिएको हो । कोरोना भाइरस फैलिन नदिन र जनस्वास्थ्यमा असर हुन नदिन जापान सरकारले सक्दो प्रयास गरिरहेको छ । जापानका विभिन्न क्षेत्रमा रहेका विद्यालयहरुले शैक्षिक गतिविधिहरुलाई घटाएका थिए । टोकियोमा रहेको ओच्यानोमिजु विश्वविद्यालयले सम्बन्धन पाएका किन्टरगार्टेन, प्राथमिक,माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरु शुक्रबारदेखिनै एक महिनाका लागि बन्द गर्ने बताएको छ । कानागावामा रहेका विद्यालयहरुको स्नातक र प्रवेश समारोहहरुमा परिवारका सदस्य तथा अभिभावकहरुलाई नआउन भनेको छ । होक्काइदोको साप्पोरोमा रहेका ३०० विद्यालयहरु यही शुक्रबारदेखि मार्च ६ सम्म बन्द छन् । विहिबारसम्म जापानभरका टोकियो, होक्काइदो,आइची तथा चिवासहित १९ वटा प्रान्तहरुमा कोरोभाइरसको संक्रमण भेटिएको छ । जसमा १७५ जना मानिसहरु संक्रमित छन् ।

खबर एक्सप्रेस