प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरि अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गरेकी छिन ।
खड्काले दायर गरेको मुद्दामा आफूलाई सञ्चार मन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको उल्लेख गरेकी छिन्। साथै आफू राईसँग ७१ सालदेखि सँगै रहेको बताएकी छिन्। राई विरुद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए।
आफूलाई भएको अन्यायबारे नेकपाका शिर्ष नेताहरूलाई परक पटक पटक जानकारी दिन खोज्दा पनी बेवास्ता गरेको समेत मुद्दामा उल्लेख गरेकी छिन्। अदालतले मुद्दा दर्तासँगै मुद्दा पेशी तोकिसकेको छ।