बाग्मती सरसफाई महाअभियानको ३५५औ हप्ताको सफाई अभियान तिलगंगा नजिक बाग्मती नदी आसपासमा सफाई गरी ६ टन फोहर व्यस्थापन भएको छ ।
आजै २८३औ हप्ताको विष्णुमती सफाई अभियान तारकेश्वर नगरपालिकाे वार्ड नं. ६ र ८ काे महादेव खाेलाकाे संगम निलाे पुलदेखि राताे पुलसम्म सफाई गर्दै ७ टन फाेहर व्यवस्थापन गरिएको जानकारी विष्णुमती सफाई अभियन्ता शोभाकान्त पाण्डेले जानकारी गराउनु भयो ।
त्यस्तै १५३औ हप्ताको चक्रपथ सफाई अभियान बसपार्क आकासेपुल देखी बिजीमलसम्म दायाबायाँ गरी ४ टन फोहर ब्यबथापन गर्दै सम्पन्न भयो । चक्रपथ कै दोश्रो खण्डको सफाइ अभियानको १३५औ हप्ताको अभियान चक्रपथ क्षेत्र आसपासमा सम्पन्न भएको संयोजक तारा बहादुर कुवरले जानकारी गराउनु भयो ।
उता घरदेखि नै वागमती सफा गरौं भन्ने आग्रहका साथ शुरु भएको माथिल्लो भागको वागमती सफाई अभियानको ३१६औ हप्ताको अभियान माकलबारी सानाेपुलमा सम्पन्न भएको जानकारी अभियन्ता इश्वर पुडासैनीले जानकारी गराउनु भयो ।
उता मनाेहरा सरसफाइ अभियानको १५४औ हप्ताको सफाइ अभियान अम्मरबस्ती ढुँगेधारा काेटेश्वरमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
तस्वीरमा