आज:  | Tue, 26, Mar, 2024

प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका २२ वर्षीय रतन तिरुवा

२०७६, १८ फाल्गुन आईतवार १६:५७ मा प्रकाशित ( ४ साल अघि) १७४२३ पाठक संख्या

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा रहेको जानकारी प्राप्त भएको छ । जुत्ता भने प्रचण्डलाई लागेन ।
अहिले उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।
जुत्ता प्रहार गर्ने लाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पुष्टि गरे अहिले उनको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको छ ।
यसअघि प्रचण्डलाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए ।

खबर एक्सप्रेस