आज:  | Wed, 27, Mar, 2024

प्रेमगीत ३ को टिजर रिलिज

२०७६, २० फाल्गुन मंगलवार १७:२८ मा प्रकाशित ( ४ साल अघि) ५२५१५ पाठक संख्या

वर्षकै बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ प्रेमगीत ३ को टिजर रिलिज भएको छ । महँगो बजेट र ठुलो क्यानभासमा सन्तोष सेनले निर्माण गरेको सिनेमाको निकै फरक धारमा टिजर बनेको छ । अहिले यो फिल्मको चर्चा देश बिदेशमा अत्याधिक रहेको छ भने बिदेशमा पनी यसको उच्च माग रहेको छ । छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको फिल्मको छायाँकन राजेश श्रेष्ठको रहेको छ ।  

‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता युवा स्टार प्रदीप खड्काको जोडीमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ छिन। फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्ममा अन्य कलाकारमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् ।

फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिएका छन् । सामाजिक अभियन्ता चक्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । यो फिल्मले बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।फ़िल्म चैत्र २८ मा रिलिज हुदैछ ।

प्रेमगीत३ को टीजर

खबर एक्सप्रेस