आज:  | Thu, 18, Apr, 2024

आहा रारामा सहारालाई हराउँदै पुलिस सेमिफाईनलमा

२०७६, २४ फाल्गुन शनिबार २२:३१ मा प्रकाशित ( ४ साल अघि) १६१५२ पाठक संख्या

 पोखरा फाल्गुन २४

आयोजक सहारा क्लब पोखरालाई हराउँदै विभागीय टिम पुलिस आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा पुलिसले सहारालाई टाईब्रेकरमा ४–२ ले निराश पार्यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । तर अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाईब्रेकरमा गरिएको हो । घरेलु टोलीले दुई पेनाल्टी खेर फालेपछि पुलिसले खेल आफ्नो पक्षमा पारेको हो । अतिरिक्त समयमा पुलिसका कप्तान भोला सिलवाल रातो कार्ड खादै मैदान बाहिरिएपछि विभागीय टिम १० खेलाडीमा सिमित बनेको थियो ।

त्यसअघि, खेलको ७५ औं मिनेटमा भरत साहको गोलमार्फत पुलिसले खेलमा अग्रता लिएको थियो । घरेलु टोलीका अजय श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । प्रतियोगिता अन्तर्गत भोली ९आईतबार० मनाङ मस्र्याङ्दी क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ । विभागीय टिम एपीएफलाई हराउँदै झापा क्वार्टरफाईनलमा प्रवेश गरेको थियो ।

 घरेलु टोलीबिरुद्द गोल गरेका पुलिसका भरत साह । फोटो स् सुदर्शन रञ्जित

खबर एक्सप्रेस