आज:  | Wed, 07, Dec, 2022

भिड जम्मा भएर होली खेल्न निषेध

२०७६, २५ फाल्गुन आईतवार २२:४६ मा प्रकाशित ( २ साल अघि) १७१७५ पाठक संख्या

जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको छ ।

काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने भएको छ ।

यसपटकको होली कोरोना भाइरसको त्रासले होलीको व्यापार प्रभावित छ। सरकारले भीडभाडमा संक्रमण बढ्न सक्ने भन्दै फागु खेल्दा सावधानी अपनाउन आग्रह गरेको कारण यो पटकको होलीको रमझम र  व्यापार सुस्त देखिएको छ ।

बजारमा मानिसले रङ र बलुन मात्र होइन, टिसर्ट समेत किनेका छैनन्।काठमाडौं लगायतका सहरमा सेतो टिसर्ट लगाएर होली खेल्ने चलन बढेको थियो तर यो पटक होली प्रभावित भएको छ।

काठमाडौंको व्यस्त बजार न्यूरोड ग्राहकहरूको चहलपहल निकै कमी देखिन्छ । सामानहरू अली अली मात्र बिक्री भइरहेको छ ।

खबर एक्सप्रेस