आज:  | Tue, 26, Mar, 2024

अब पार्टी फुट्दैन नकारात्मक सोच लिएर अगाडि नबढौ: कमल थापा

२०७६, २७ फाल्गुन मंगलवार २१:४८ मा प्रकाशित ( ४ साल अघि) १९३४५ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार केन्द्रीय कार्यसमितिको विशेष बैठक अर्पण बैंक्वेट थापागाउँ नयाँ बानेश्वरमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले पार्टी फेरी फुट्छ कि भन्ने आशंका नलिन सबैलाई आग्रह गरेका छन भने राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता जनाए । पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्यौ भने हामिले गति लिन सक्दैनौ भन्दै अब राप्रपा वैकल्पिक शक्ति भएर आऊने विश्वास समेत व्यक्त गरे ।

राप्रपा र राप्रपा संयुक्तबीच बुधबार राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुँदैछ ।


खबर एक्सप्रेस