आज:  | Tue, 26, Mar, 2024

पूर्वमन्त्री बास्कोटाको घरमा बम विस्फोट गराऊने आतंककारी हुन : प्रचण्ड

२०७६, २८ फाल्गुन बुधबार १३:०८ मा प्रकाशित ( ४ साल अघि) २२९७२ पाठक संख्या

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटाको मनोहराफाँट नजिक निवासमा बुधबार बिहान गराइएको विस्फोटको घटनामा एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना निन्दा गर्दै आतंककारी समूहले उक्त घटना गराएको टिप्पणी गरेका छन् ।

घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कडा कानूनी कारबाही गर्न पनि प्रचण्डले सरकार समक्ष माग गरेका छन् ।

विस्फोटबाट बास्कोटाको घरको कम्पाउन्ड, रोकिराखेको भ्यानसँगै छिमेकीको घरमा समेत क्षति पुगेको छ । घटनाको जिम्मेवारी विप्लव समूहले लिएको छ

खबर एक्सप्रेस