विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई विश्व महामारी घोषित गरेको छ यो भनेको विश्वभरि स्वास्थ्य आपतकालको घोषणा हो।विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस नियन्त्रण गर्न सकिने भएकाले महामारी तर नियन्त्रणमा ल्याउन सकिने बताएको छ ।
चीनको हुबेई प्रान्तको राजधानी ऊहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी चीनमा नियन्त्रण हुँदै गइरहेको छ भने यो अहिले संसारका ९० भन्दा बढी देशहरुमा फैलिइसकेको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ मर्नेहरुको संख्या पनि ४ हजार ३ सय ८९ पुगेको छ । ६७ हजार ९ जना संक्रमित भएर निको भएको छ भने ५० हजार ८ सय ९१ जना अहिले संक्रमितको अवस्थामा छन् । ८९ प्रतिशत अर्थात ४५ हजार १४३ जनामा मध्यम खालको संक्रमण छ भने ११ प्रतिशत अर्थात ५ हजार ७ सय ४८ जनाको अवस्था गम्भीर छ ।
यो भाइरसको संक्रमित हुनेहरुमा सबैभन्दा बढी ८० हजार ७ सय ९० चीनमा रहे भने चीनपछि इटाली १० हजार १४९ जना र इरान ९ हजार रहे । त्यसै गरी दक्षिण कोरियामा ७ हजार ७ सय ५५ जना, स्पेनमा २,१८८ जना, जर्मनीमा १ हजार ८ ५३ जना, फ्रान्समा १ हजार ७ सय ८४ जना र अमेरिकामा १ हजार १६ जना संक्रमित रहे । १ हजारभन्दा कम संक्रमित हुनेहरुमा स्वीट्जरल्याण्ड ६ सय ५२ जना, जापान ६ सय ३९ जना, नेदरल्याण्ड ५ सय ३ जना छन् । पाँचसयभन्दा कम संक्रमित देखापरेका देशहरुमा अस्ट्रेलिया,वेल्जियम, स्वीडेन,नर्वे, बेलायत,कतार, मलेसिया, बहराइन,सिंगापुर, अस्ट्रेलिया, डेनमार्क हङ्कङ छन् । सयभन्दा कम संख्यामा संक्रमित हुनेहरुमा चाहिँ क्यानडा, ग्रीस, आइसल्याण्ड, इजरायल आदि देशहरु छन् ।
कोरोनाभाइरसका संक्रमणका कारण सबैभन्दा बढी मृत्यु ३ हजार १ सय ५८ जना चीनमा, ६ सय ३१ जना इटाली, ३ सय ६४ जना इरान, ६० जना दक्षिण कोरिया र ४९ जना स्पेनमा भएका छन् । त्यसबाहेक, जर्मनी, फ्रान्स, अमेरिका, स्वीट्जरल्याण्ड, जापान, नेदरल्याण्ड, बेलायत जस्ता देशहरुमा पनि क्रमशः ३, ३३, ३१, ४, १५, ५ र ६ जनाको मृत्यु भइसकेको छ ।
त्यसो त सबैभन्दा बढी निको हुनेहरुमा पनि चीनमा ६१ हजार ६ सय ११ जना, इटालीमा १ हजार ४ जना, इरानमा २ हजार ९ सय ५० जना छन् । त्यसबाहेक अन्य देशहरुमा पनि निको हुनेहरु छन् ।