आज:  | Wed, 07, Dec, 2022

मन्त्री योगेश भट्टराईकी पत्नीको नाम जोड्दै घुस मागेको घटना बाहिरियो मन्त्रीले गरे ट्विट

२०७६, २९ फाल्गुन बिहीबार १३:११ मा प्रकाशित ( २ साल अघि) १४०१३ पाठक संख्या

नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकी पत्नीको नाम जोड्दै तीन लाख रुपैयाँ दिनु पर्ने बताउँदै सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा भएको कुरा बाहिरिए पछि मन्त्री भट्टराईले आफ्नो ट्विट मार्फत कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला भन्दै ट्विट गरेका छन् ।

नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने र उक्त रकम घिमिरेले खाने भन्दै गरिएको च्याट बाहिरिएको थियो । काउन्सिलको सदस्य जिता बरालले एक विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेकी छन्। च्याटमा जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन्। अहिले उक्त च्याट समाजिक सञ्जालमा भाइरल भइरहेको छ।

जुन विद्यार्थीले च्याटमा कुरा गरेकी छिन् उनले काउन्सिलको २४औँ परिक्षाबाट लाइसेन्समा उत्तिर्ण भएकी छिन। च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छिन । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन ।

 

खबर एक्सप्रेस