आज:  | Sat, 10, Dec, 2022

पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा भ्रष्टाचार विरूद्ध सुशासन अभियान घोषणा

२०७६, २९ फाल्गुन बिहीबार २०:४४ मा प्रकाशित ( २ साल अघि) १२७७३ पाठक संख्या

पूर्वडिआइजी रमेश खरेल लगाएत टिमले भ्रष्टाचार विरूद्ध सुशासन अभियान घोषणा गरेका छन् आज काठमाडौंमा कार्यक्रम गरेर खरेल नेतृत्वको समूहले देशमा भ्रष्टाचार अन्त्यका लागि देशव्यापी नागरिक खबरदारी गर्न अभियान घोषणा गरेका छन । 

हाम्रो नेपाल सुशासन अभियानको नाम राखी सुशासनका लागि भ्रष्टाचारको विरोध गरौं भन्ने नारा रहेको छ। यसको संयोजक खरेल आफु छन् भने देवेन्द्रप्रसाद सिटौला, नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ यस टीममा रहेका छन्।

अब देशैभर नागरिक अधिकार र नागरिकका स्वतन्त्रता तथा समानताका हकको प्रत्याभुतिका लागि जागरण अभियान सञ्चालन गर्ने खरेलले बताए।कार्यक्रममा बोल्दै खरेलले देशमा परिवर्तन त भयो संविधान र कानुन आयो तर कार्यान्वयन गर्ने व्यक्ति हामीले पाएनौं। ललिता निवास, ३३ किलो सुन, सेक्युरिटी प्रिण्टिङ जस्ता काण्डहरू हामीले सुन्यौं। जसले जनताको सेवा गर्छु भनेका थिए उनीहरू नै ती काण्डमा मुछिएको देख्यौं। नेतादेखि पुलिससम्मले हामीलाई धोका दिएका छन भन्दै अभियानको अवधारणा पत्रमा उल्लेख भए अनुसार नागरिकहरुले तिरेको करमाथि भ्रष्टाचार र दुरुपयोग बिरुद्द जिल्ला–जिल्लामा सचेतना अभियान चलाइने जानकारी दीईएको छ। 

खबर एक्सप्रेस