आज:  | Wed, 07, Dec, 2022

जापानले निर्धारित समयमै ओलम्पिक खेल आयोजना गर्ने

२०७६, २ चैत्र आईतवार ०९:२७ मा प्रकाशित ( २ साल अघि) १३२३८ पाठक संख्या

कोराना भाईरसका कारण विश्व खेलकुदका अधिकांश गतिविधि स्थगित भईरहँदा जापानले भने निर्धारित समयमै ओलम्पिक खेल आयोजना गर्ने जनाएको छ । प्रधानमन्त्री सिन्जो आबेले टोकियो ओलम्पिक निर्धारित समयमै योजनाबद्ध तरिकाले सम्पन्न गर्ने बताएका छन् ।

टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म हुनेछ ।अहिले कोरोनाको सन्त्रासको कारण ओलम्पिक गेम्स सार्ने वा नसार्ने भन्ने विषयमा अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) छलफलमा छ । तर जापानी प्रधानमन्त्रीले पूर्व योजनामा सयममै ओलम्पिक आयोजना गरेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

अहिले विश्वब्यापी कोरोना संक्रमणको असरले धेरै कार्यक्रम स्थगन भैरहेका छन् तर जापानले भने बिना समस्या ओलम्पिकको सफल आयोजना गर्ने भनेको छ । उनले आईओसीले ओलम्पिक आयोजनाको अन्तिम निर्णय गर्ने पनि बताए । जापानको टोकियोमा ओलम्पिकका विभिन्न ३३ खेलमा विश्वका दुई सय ६ देशले भाग लिनेछन् । जसमा ११ हजार ९१ खेलाडीको सहभागिता रहनेछ ।

जापानले ओलम्पिक टर्च रिले मार्च २६ तारिखबाट सुरु गर्दैछ । तर जापानले हालै ओलम्पिक टर्च समारोह सर्मथक विनै आयोजना गरेको थियो । जापानमा अहिले १४ सय बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ । जसमा २८ जनाको मृत्यु समेत भइसकेको छ ।

खबर एक्सप्रेस