आज:  | Fri, 22, Mar, 2024

इन्धनको मूल्य घटयो

२०७६, ३ चैत्र सोमबार २२:५९ मा प्रकाशित ( ४ साल अघि) १५६२५ पाठक संख्या

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने गरी घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपालमा पनि समायोजन गरेको निगमले जनाएको छ। अब पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको छ भने आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाइएको छ ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पर्नेछ भने नयाँ मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। 

खबर एक्सप्रेस