आज:  | Fri, 22, Mar, 2024

२५जनाभन्दा बढी मानिसहरु एकै स्थानमा भेला हुन रोक

२०७६, ५ चैत्र बुधबार १७:०१ मा प्रकाशित ( ४ साल अघि) ३९०९२ पाठक संख्या

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोरखेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिको आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विश्वभरी महामारीको रुप लिईरहेको नोबेल कोरोना भाइरसको जोखिमलाई बिश्लेषण गर्दै सावधानी अपनाउन र  संक्रमणको जोखिमलाई न्यूनिकरण गर्नका लागि सिनेमा हल, बिभिन्न सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल मैदान,हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल मेला लगाएत मनोरञ्जनका बिभिन्न स्थललाई ३० अप्रिल २०२० सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछ । त्यस्तै २५ जनाभन्दा बढी मानिसहरु एकै स्थानमा भेला हुन समेत रोक लगाएको छ ।

खबर एक्सप्रेस