सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ
परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको बताएका हुन् ।