कोभिड–१९ (कोरोना) लाई नेपाल भित्रन नदिन सरकारले बिभिन्न उपाय अबलम्बन गर्दै आएको छ । आज साँझ ६ बजे प्रधानमन्त्रीले बिशेष सम्बोधन गरेर थप जानकारी गर्ने कार्यक्रम रहेको छ। आजै साँझ कोरोना रोकथाम, नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठक बस्दैछ समितिले पनी थप घोषणाको गर्ने तयारी गरेको छ ।
सरकारले ले अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् भने सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने तयारी गरेको छ ।
यसैगरी सरकारले उत्तर र दक्षिणतर्फका सबै सीमा नाकाहरू कम्तीमा दुईसाता बन्द गर्ने तयारी गरेको छ । आपूर्ति नरोक्ने तर मानिसहरूको आवतजावत बन्द गर्ने सरकारले तयारी गरेको हो ।