आज:  | Fri, 24, Mar, 2023

उपभोक्ताले दुई वटाभन्दा धेरै ग्यास राखें कार्बाही गर्ने तयारी

२०७६, ८ चैत्र शनिबार १४:०४ मा प्रकाशित ( ३ साल अघि) १२०९१ पाठक संख्या

कोरोना भाईरसको संक्रमणको डरले कारण अहिले बजारमा ग्यास पाउन छोडेको छ । यो समस्या बढदै गएकोले नेपाल एलपी ग्यास उद्योग संघले दुई वटाभन्दा धेरै ग्यास नराख्न उपभोक्तासँग अनुरोध गरेको छ।

ग्यास संचित गर्दा दुर्घटनाको जोखिम बढ्ने र उपभोक्ताहरूले समयमा ग्यास पाऊँन समस्या हुने भन्दै दुई वटाभन्दा धेरै ग्यास संचित गरेको पाइएमा उपभोक्ता संरक्षण ऐनमा उल्लेख भएअनुसारको कारबाही हुने संघले जनाएको छ।

अहिले ग्यास किन्नेको नामसहितको विवरण राख्न सबै विक्रेतालाई संघले निर्देशन पनी दिएको छ पछिल्लो समय ग्यास संचित गर्नेको क्रम बढेको भन्दै संघले सूचना निकालेर ग्यास किन्नेको संख्या, बाँकी रहेको ग्यास, उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बरसहितको विवरण सम्बन्धित उद्योगमा दैनिक लिखित रुपमा बुझाउन विक्रेतालाई निर्देशन दिएको हो।

यस्तै नेपाल आयल निगमले निर्धारण गरेको उपभोक्ता मूल्यमा मात्र ग्यास बेच्न पाउने र तत्काललाई नयाँ सिलिण्डर बेच्न पनि संघले प्रतिबन्ध लगाएको छ।

खबर एक्सप्रेस