आज:  | Sat, 20, Apr, 2024

प्रेमगीत ३ टीम मास्क बोकी हजारौको भीडमा

२०७६, ९ चैत्र आईतवार २१:११ मा प्रकाशित ( ४ साल अघि) २३८७१ पाठक संख्या

अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा फैलिरहेको छ। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले बिभिन्न निर्णय गरेको छ । नागरिकको जनजिबन त्रसित छ यस अवस्थामा आज ‘प्रेमगीत–३’को टीमले काठमाण्डौका बिभिन्न क्षेत्रमा गई करिब ११ हजार थान मास्क बितरण गरेको छ मास्क बितरणसंगै नागरिकलाई जनचेतना जगाउने अपील समेत गरेकोछ ।
१. बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुने ।
२.खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख रूमालले छोप्ने ।
३. अनावस्यक भीडभाडमा नजाने ।
४. हात नमिलाउने वा अंकमाल नगरी नमस्कार गर्ने ।
५. यदी ज्वरो आएमा वा खोकी लागेमा नआत्तीकन सतर्कता अपनाइ नजिकको स्वास्थ्य केन्द्रमा जाने।
यी अपील गर्दै मास्क बितरण गरिएको निर्माता संतोष शेनले बताए ।

कोरोना भाइरस (कोभिड–१९) का कारण प्रेमगीत ३ को रिलिज मिति तत्कालका लागि स्थगित भएको छ ।
‘छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको चलचित्र‘प्रेम गीत३’ मा अहिलेका चल्तीका अभिनेता युवा स्टार प्रदीप खड्काको जोडीमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ छिन।
फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने फिल्ममा नवनायक मनिष राउतका साथै शिव श्रेष्ठ,सुनिल थापा,सन्तोष सेन,माओत्से गुरुङ,लक्ष्मी बर्देवा,जीवन भट्टराई,जीवन बराल,अनुभव रेग्मी,योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, प्रेम पुरी,सुजल बस्नेत लगायतले अभिनय गरेका छन् ।
चक्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान शाह र ओएसआर डिजिटलको सह-निर्माताको रुपमा सहकार्य रहेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

 


 

खबर एक्सप्रेस