स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया एक विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरेका छन्।
अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागी राखिएको मन्त्री ढकालले जानकारी दिए । अहिले उनीसँगै जहाजमा आएका अन्य यात्रुहरूको खोजी भइरहेको पनि मन्त्री ढकालले बताए ।
स्मरण रहोस यसअघि चीनबाट आएका एक जना नेपालीमा पनी कोरोनाभाइरसको संक्रमण देखिएको थियो तर उनी उपचारपछि स्वस्थ भइसकेका छन् ।