आज:  | Sun, 14, Apr, 2024

पश्चिम नवलपरासीमा अघोषित कर्फुयु

२०७६, १० चैत्र सोमबार १५:४१ मा प्रकाशित ( ४ साल अघि) २६७२३ पाठक संख्या

चैत १२ गते बुधबार एक दिनका लागि सर्वसाधारणलाई हिँड्डुलमा रोक लगाउँदै पश्चिम नवलपरासीमा अघोषित कर्फुयु आह्वान गरिएको हो ।

स्थानीय तहका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दललगायत सरोकारवालाले जिल्लालाई ‘लक डाउन’ गर्न सुझाव दिएपछि सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त आह्वान गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।

तस्बिर : हरि शर्मा।

उक्त दिन बिहान ५ बजेदेखि राति ९ बजेसम्म सर्वसाधारण घरबाहिर निस्कन पाउने छैनन् । औषधि पसलबाहेक अन्य पसल व्यवसायलगायतका सबै क्षेत्र बन्द हुने छन् । सुरक्षा निकाय, स्वास्थ्य संस्था, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मानवअधिकारकर्मी, अन्तर्राष्ट्रिय संघसंस्थाबाहेक सबै यातायात बन्द हुने छन् । ‘

 

खबर एक्सप्रेस