आज:  | Thu, 30, Mar, 2023

धर्मका नाममा भ्रम फैलाउने पास्टर पक्राउ

२०७६, ११ चैत्र मंगलवार १२:५६ मा प्रकाशित ( ३ साल अघि) २०३०६ पाठक संख्या

विश्व कोरोना भाईरस संक्रमणको उच्च जोखिममा भैरहेको यस्तो बेलामा क्रिश्चियन धर्म मान्यो भने कोरोना भाइरसले नछुने प्रबचन दिदै नागरिकलाई भ्रम फैलाउने काम गरेकाले जुम्ला घर भएका हाल पोखरा महानगरको वडा नम्बर २९ पावरहाउस बस्ने प्रशस्त कटनी मण्डलीका पास्टर केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यिनै पास्टरले केहीदिन अधि पनी मन्त्र फुकेरै रूमालबाट पायल्स रोग ठीक बनाइदिने प्रवचन पनी दिएका थिए । आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए, कास्कीका एसपी दानबहादुर कार्कीका अनुसार आचार्यले क्रिश्चियन धर्म मानेमा कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले उनलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई धर्मका नाममा समाजमा भ्रम र अफवाह फैलाएको भन्दै मुद्दा चलाउने तयारी भैरहेको छ ।

खबर एक्सप्रेस