आज:  | Tue, 20, Feb, 2024

चीनमा ‘हान्ता भाइरस’ले एक जनाको मृत्यु

२०७६, ११ चैत्र मंगलवार १६:२० मा प्रकाशित ( ३ साल अघि) २०६१६ पाठक संख्या

चीनबाट शुरु भएको कोरोना भाईरसको महामारी अहिले संसारभर फैलिरहेकोछ यही बिचमा चीनमा फेरी ‘हान्ता भाइरस’ले एक जनाको नागरिकको मृत्यु भएकोछ ।
पछिल्लो समय कोरोना सङ्क्रमणको आशंका गरिएका एक जना चीनको उत्तरपश्चिमी शानक्सी प्रान्तमा हान्ता भाइरसको कारणले मृत्यु भएको परिक्षणबाट थाह भएको चर्चित पत्रिका ग्लोबल टाइम्सले जनाएकोछ ।
स्थानीय अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्दा हान्ता भाइरस न्यूक्लिक एसिड ‘पोजेटिभ’ देखिए मृत्‍यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

खबर एक्सप्रेस