आज:  | Thu, 28, Mar, 2024

युवतीसंगै कतार एअरवेजमा यात्रा गर्ने १२५ जनाको खोजी हुँदै

२०७६, ११ चैत्र मंगलवार २२:५३ मा प्रकाशित ( ४ साल अघि) १३६१० पाठक संख्या

गत चैत ४ गते कतार एअरवेजको क्युआर ६५२ उडान मार्फत् नेपाल आएकी युवती कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै उनीसँगै नेपाल यात्रा गर्ने १५८ यात्रुमध्ये १२५ जना नेपालीको घरको ठेगाना पत्ता लागी सकेको बाकी नेपाली यात्रुको ठेगाना पत्ता लगाउने काम भइरहेकोले उनीहरूलाई स्वास्थ्य जाँच गरी थप सतर्कता अपनाउन आफ्ना मातहतका निकायलाई पत्राचार गरेको नेपाल प्रहरीले जनाएको छ। 

सोहीदिन कतार एअरवेजका तीनवटा उडान क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी तीनवटा उडान गरेको तीनवटै उडानका सबै ४६९ जना यात्रुको विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीलाई उपलब्ध गराइएको अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले बताएका छन् ।”

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने जहाजमा यात्रा गरेका झापाका एक व्यक्तिले आफू सोही जहाजमा आएको र स्वास्थ्य परीक्षण गर्न तयार भएको भनी हामीसँग सम्पर्कमा आएका छन्।

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार पुष्टि भएपछि प्रहरीले उक्त जहाजमा यात्रा गरेका अन्य नेपालीको खोजी शुरू गरेको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले कतार एयरवेजको उक्त जहाजमा नेपाल फर्किएका सबै नेपालीलाई सम्पर्क गर्न प्रयास भइरहेको र सबैको स्वास्थ्य जाँच हुने बताएका छन ।

खबर एक्सप्रेस