आज:  | Fri, 19, Apr, 2024

नेपालमा कोरोनाका तेस्रा संक्रमित भेटिए

२०७६, १२ चैत्र बुधबार १२:४९ मा प्रकाशित ( ४ साल अघि) १२८३५ पाठक संख्या

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् संक्रमित व्यक्ति एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट चैत ६ गते राति १०:९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।हालसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ३ जनामा पोजेटिभ देखिएको हो । यसअघि पोजिटिभ देखिएका एक जना निको भइसकेका छन् । साथै एक जना १९ वर्षे युवतीमा पनि चैत ९ गते पुष्टि भएको थियो।

खबर एक्सप्रेस