नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई बुधबार रातीबाट रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन सुरु गर्ने भएकाे छ । यस अघि बुधबार दिउँसाेबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्या आएकोले कारण बेलुकाबाट मात्र उक्तसेवा सुरू गरिने नेपाल टेलिकमले जनाएकाे छ । यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन । मङ्गलबार मात्रै नियामक निकाय नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो त्यो निर्देशनको पालना गर्दै नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई यस्तो सुबिधा उपलब्ध गराउन लागेको हो। कोरोना भाईरस संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई यस्तो सहयोग पुर्याउन प्राधिकरणले बढीमा एक महिनासम्म यो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो ।