आज:  | Fri, 22, Mar, 2024

चौधरी फाउन्डेसनले ‘कोरोना रेस्पोन्स टिम‘ बनाई सहयोग थालनी

२०७६, १२ चैत्र बुधबार १८:२३ मा प्रकाशित ( ३ साल अघि) १५३१५ पाठक संख्या

चौधरी फाउन्डेसनले ‘कोरोना रेस्पोन्स टिम’ तयार गरी आफ्नो सहयोग कार्य तिब्र पारेको छ व्यक्तिगत सुरक्षा उपकरण पीपीई,Oxygen generating apparatus, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामाग्री बिभिन्न अस्पताल, स्वास्थ्य केन्द्रमा हस्तान्तरण गरेको छ ।
हाल फाउन्डेसनले पाल्पा अस्पताल, कोरोना विशेष अस्पताल भरतपुर, लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल भैरहवा आयुर्वेद अस्पताल दाङ र प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा सहज हेल्थ फाउन्डेसन गैंडाकोट, पिताउन्जी हेल्थपोस्ट भेडाबारी, प्राइमेरी हेल्थ सेन्टर दुम्कौली,, व्यक्तिगत सुरक्षा उपकरण पीपीई, Oxygen generating apparatus, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छ भने केहीदिन मै प्रदेश नम्बर १ कर्णाली र सुदूरपस्चिम प्रदेशका प्रमुख स्वास्थ्य केन्द्रहरूमा आवश्यक सामग्री वितरण गर्दैछ ।
चौधरी फाउन्डेसनले ‘कोरोना रेस्पोन्स टिम’ तयार गरी आफ्नो सहयोग कार्य तिब्र पारेको छ कोरोना परीक्षण किट, पीपीई लगायत अन्य संवेदनशील सामग्री उपलब्ध गराउनका लागि आयातको लागी बिभिन्न पहल गरीरहेको बताएको छ ।
चौधरी फाउन्डेसनले मुलुकभर Oxygen generating apparatus, भेन्टिलेटरको अभाव रहेकोले उपकरणसंगै छ, सञ्चालन गर्न दक्ष जनशक्ति अभाव भएकोले दक्ष जनशक्तिको अभिमुखीकरणका लागि सम्बन्धित मन्त्रालय र निकायसँग हातेमालो गर्दै अघि बढ्ने पनी बताएको छ ।

खबर एक्सप्रेस