आज:  | Thu, 30, Mar, 2023

नेपाल प्रहरीको एआईजीमा लम्साल, थापा र पाल

२०७६, १२ चैत्र बुधबार १९:३१ मा प्रकाशित ( ३ साल अघि) १६९२७ पाठक संख्या

नेपाल सरकार मन्त्रीपरिषदको गत चैत ९ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल पदोन्नति भएका छन् प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह लगाईदिएका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले सांगठनिक योगदान थप महत्वपूर्ण हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको प्रदर्शन गरी काम गर्नुपर्ने प्रहरी अधिकृतहरुको मेहनत, लगनशिलता, इमानदारिता र प्रष्ट सेवाभावको कदर स्वरुप पदोन्नति भएको चर्चा गर्दै संगठनको थप जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

 

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को प्रकोपलाई नेपाल प्रहरीले धैर्यता, निष्पक्षता, सहनशिलताका साथ आफूलाई प्राप्त सीप परीक्षण गरेर देखाई नेपाल प्रहरीको जनता र राष्ट्र सेवा गर्ने अवसरको रुपमा स्वीकार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले व्यवसायिक क्षमता, नागरिक र राष्ट्रप्रतिको सेवाभावको मूल्याङकन स्वरुप भएको पदोन्नतिले थप जिम्मेवारी बोध भएको बताएका छन् ।

खबर एक्सप्रेस