आज:  | Thu, 30, Mar, 2023

एनआरएन कोरियाले दुई हजार किट्स पठाउदै

२०७६, १३ चैत्र बिहीबार १४:०४ मा प्रकाशित ( ३ साल अघि) १०८२० पाठक संख्या

गैरआवासीय नेपाली सघ दक्षिण कोरियाले कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमणको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई सहयोग गर्ने भएको छ । त्यसको लागि त्यहा रहेका नेपालीसँग सहयोग सङ्कलन अभियानको थालनी गरेको छ। प्रति किट्स दुई हजार पर्ने भएकाले दुई हजार किट्स लागि रु ४० लाख लाग्ने अनुमान गर्दै प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले अनुरोध गरेका छन।
अहिले मातृभूमि नेपालले कोरोना भाइरसका कारण जुन समस्या विषम परिस्थिति भोग्नुपरेको छ, त्यसका लागि सहयोग गर्न कोरियावासी नेपालीहरूमा अनुरोध गर्दै उक्त किट्स कोभिड–१९ को सङ्क्रमण छ की छैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ । बिहीबार दिनभर सहयोग सङ्कलन गरी शुक्रबार कार्गोमार्फत उक्त किट्स चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै पठाऊने तयारी भएको समेत अध्यक्ष सुवेदीले बताए । दक्षिण कोरियाको विभिन्न स्थानमा झण्डै ६० हजार नेपाली बसोबास गर्दै आएका छन् भने हालसम्म त्यहाँ रहेका कुनै नेपालीमा कोरोना सङ्क्रमण नभएको बताईएको छ ।

खबर एक्सप्रेस