आज:  | Sun, 24, Mar, 2024

कोरोना संक्रमण कर्णाली प्रदेशका गाऊँ पनी जोखिममा

२०७६, १४ चैत्र शुक्रबार १०:५३ मा प्रकाशित ( ३ साल अघि) १७१४४ पाठक संख्या

नेपालमा पनी कोरोना कोभिट-१९ को संक्रमण बढिरहेको स्थितीमा अहिले कर्णाली प्रदेशमा पनी यसको जोखिम उच्च रहेकोछ । हालै मात्र भारतबाट नेपाल फर्किएका जाजरकोटका ११ जना नेपालगञ्ज बहुमुखी क्याम्पस परिसरको क्वारेन्टाइनबाट भागेर एक्कासी आफ्नो गाऊँ भेरी नगरपालिका–११ जाजरकोट आफ्नो घरमा पुगेपछि गाउँमा ठुलो खैलाबैला मच्चिएको थियो  । कोरोनाको संक्रमण लिएर गाउँमा आएको भन्दै स्थानीय त्रसित भए विरोध गरे स्वास्थ चेकजाँच गरेर छुट्टै राख्नुपर्ने स्थानीयको बिरोध र दबाबपछि भेरी नगरपालिकाको स्वास्थ्य टोलीसहित गाउँमा आएर चेकजाँच गरेको थियो तर संक्रमणको लक्षण नदेखिएकोले उनिहरुलाई अहिले घरमै सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्तीका अनुसारको स्वास्थ्य टोली नै खटाएर १४ दिनसम्म घरबाट बाहिर ननिस्कन अनुरोध जानकारी दिएका छन प्रारम्भिक चरणको स्वास्थ्य चेकजाँचपछि उनीहरु अहिले घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

खबर एक्सप्रेस