कोरोनाभाइरस कोभिड-१९ को संक्रमणबाट स्पेनकी ८६ वर्षकी राजकुमारी टेरिसाको को निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। मारिया टेरेसाको पेरिसमा सन् १९३३ जुलाई २८ मा जन्म भएको थियो ।
अहिले स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ६ सय ९० पुगेको छ भने संक्रमणको संख्या ७२ हजार २ सय ४८ नाघेको छ ।
यसैबीच स्पेनमा संक्रमण बढेपछि अत्यावश्यक सेवामा कार्यरत बाहेकका सबै कामदारलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले अर्काे २ हप्तासम्म घरभित्रै बस्न निर्देशन दिदै सबैलाई पुरा तलव दिने बताएका छन् ।