आज:  | Fri, 24, Mar, 2023

धरानमा भर्ना भएका १६ जना बिरामीको स्वाब नेगेटिभ

२०७६, १६ चैत्र आईतवार १०:३९ मा प्रकाशित ( २ साल अघि) १००४५ पाठक संख्या

कोभिड–१९ को संक्रमणको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका भएका १६ जना बिरामीको स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएकोमा १६ जना कै स्वाब रिपोर्ट नेगेटिभ देखिएको वीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए। 

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना सक्रमित युवतीसंगै आएका धरान–६ पानवारीका युवाको स्वाब परीक्षण पनि नेगेटिभ देखिएको बताएका छन्। संक्रमित युवतीसँगै आएका सुनसरीका चार जना मध्ये अन्य तीन जनाको परीक्षण भने गरिएको छैन्।

रिपोर्ट नेगेटिभ देखिएपछी धरान आसपासको वातावरणमा केही सहज भएको छ ।तर केही बिरामीको रिपोर्ट नेगेटिभ आयो भनेर ढुक्क हुने अवस्था नरहेकोले सबैलाई सचेत हुन धरान प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

खबर एक्सप्रेस