आज:  | Tue, 20, Feb, 2024

लकडाउन ८ दिन थपियो

२०७६, १६ चैत्र आईतवार १७:३६ मा प्रकाशित ( ३ साल अघि) १२२४६ पाठक संख्या

आज बसेको मन्त्रिपरिषदको बैठकले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले पनि लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई ८ दिन थप्ने निर्णय गरेको हो। 

कोबिड-१९ भाइरसको जोखिमलाई न्यूनीकरण गर्न गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउन घोषणा गरेको समयावधी चैत १८ गते बिहान ६ बजेदेखि सकिँदै थियो अब त्यसमा थप ८ दिन लकडाउन हुनेछ ।

खबर एक्सप्रेस