आज:  | Fri, 29, Mar, 2024

वीर अस्पताल दुईजनाको मृत्यु रिपोर्ट आऊँन बाँकी

२०७६, १७ चैत्र सोमबार २२:५९ मा प्रकाशित ( ३ साल अघि) १४५४० पाठक संख्या

कोरोनाभाईरस कोभिड-१९ संक्रमणको आशंका गरिएका दुई जना बिरामीको वीर अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।यध्यपी दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको भएपनी रिपोर्ट प्राप्त नभएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए।
चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनियाको समस्या देखिएकी आइतबार साँझ अस्पताल ल्याइएको थियो र अर्का एकजना पुरुष ज्वरो आएर अस्पताल उपचारका लागि आएका थिए उनिहरुको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

खबर एक्सप्रेस