आज:  | Mon, 15, Apr, 2024

अन्य कारणले मृत्यु भएपनि कोरोनाकै कारण ज्यान गएको नलेखौ

२०७६, १७ चैत्र सोमबार २३:२८ मा प्रकाशित ( ४ साल अघि) १३६१० पाठक संख्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले हरेक मृत्युलाई कोरोनाकै कारण मर्यो भनेर नजोड्न आग्रह गरेका छन् । 

शहर वा गाउँघरमा कसैको मृत्यु भएपनि कोरोनाले मर्यो भन्ने हल्ला फैलाएका कारण मलामी नजाने गरेको खबर आएको भन्दै त्यसो नगर्न पनि आग्रह गर्नुभयो । कुनै कारणवश मृत्यु भए पनि कोरोनाकै कारण ज्यान गएको भन्ने भ्रम नराख्न आग्रह गर्दै नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाबाट मात्र देखिएको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९९३ वटा नमूना परीक्षण गरेकोमा पाँच जनामा मात्रै कोरोना पुष्टी भएको जानकारी दिनुभयो । चीनबाट आएका सामाग्रीहरु  धनगढी, सुर्खेत र विराटनगरमा हेलिकोप्टरमार्फत पुर्याइएको छ भने अरु जिल्लामा गाडीमार्फत सामग्री पठाइएको छ । यस्तै उहाँले कोरोनाको नमूना परीक्षण सबै प्रदेशमा पुर्याइने बताए । हाल धरानमा १९ वटा नमूना परीक्षण भइसकेको जानकारी दिँदै छिट्टै अरु प्रदेशमा पनि सेवा विस्तार गर्ने बताए।

खबर एक्सप्रेस