आज:  | Tue, 20, Feb, 2024

कोभिड-१९ सँग लडन पूर्व राजाको २ करोड सहयोग

२०७६, १८ चैत्र मंगलवार २१:१७ मा प्रकाशित ( ३ साल अघि) १८०१२ पाठक संख्या

चैत्र १८ काठमाडौँ  कोरोनाभाइरस कोभिड-१९ रोकथामका लागि पूर्व राजा ज्ञानेन्द्र शाहले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम कोषमा हिमानी कोष मार्फत २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै दुःख कष्ट र आपत विपदको घडीमा साथ दिँन आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति संवदेनशील हुँदै सबैले आ–आफ्ना ठाउँबाट केही न केही योगदान पुर्याउन साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको बताउँदै यसको सबैले पालना गर्नुपर्ने भन्दै  संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र  खटिने सबैप्रति धन्यबाद दिएका छन् ।

विज्ञप्ति

 

खबर एक्सप्रेस