काठमाडौं : कोरोनाभाइरस कोभिड-१९ संक्रमण हुन नदिन नेपाल सरकारले पन्ध्र दिन लकडाउन गरेकोमा नागरिकलाई खाद्यान्नको समस्या हुननदिन साल्ट ट्रेडिङले मोबाइल भ्यानमार्फत नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री शुरु गरेको छ ।
बुधबार काठमाडौँ, ललितपुर र भक्तपुरका सामाखुसी,टोखा,गंगबु,गौरीगाउँ,जाल्पाचोक,बालाजु,नयाँबजार,खुसीबुँ,चक्रपथ,चक्रपथ,हनुमानस्थान,सानेपा र पाटन लगायत क्षेत्रमा खाद्यान्न बिक्री गरिएको साल्ट ट्रेडिङका सूचना अधिकृत कुमारराज भण्डारीका जानकारी दिएका छन ।
घुम्ती सेवाबाहेक साल्ट ट्रेडिङले कालीमाटी, सतुङ्गल र कोटेश्वर गरी तीन स्थानबाट आउटलेट राखी खाद्यान्न र ग्यासको बिक्री गर्दै आएको छ। हाल लकडाउनका समयमा हुने चर्को मूल्यवृद्धि र खाद्यान्नबाट उपभोक्तालाई राहत दिन मोबाइल भ्यानबाट घुम्ती सेवा दिइहेको सूचना अधिकृत भण्डारीले बताए।