आज:  | Mon, 15, Apr, 2024

पल शाहले गरे चलचित्र प्राबिधिकहरुका लागी पाँच लाख दिने घोषणा

२०७६, २१ चैत्र शुक्रबार १४:५३ मा प्रकाशित ( ४ साल अघि) १७४५४ पाठक संख्या

नायक पल शाहले चलचित्रमा काम गर्ने प्राबिधिकहरुका लाई घोषणा गरेका हुन । उनले आफ्नो फेसबूक मार्फत यो घोषणा गरेका हुन ।

बिश्वव्यापी महामारीका रूपमा फैलिरहेकाे काेराेना भाईरस(Covid-19)काे प्रभावले आम मानिसकाे जनजिवन प्रभावित भइरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविधित नै छ र यस्को पिडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ। विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि मैले आर्थिक सहयाेग गर्ने घाेषणा गर्दछु ।
मेराे याे सहयाेग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल (NEFTA) ले सहजिकरण गर्ने आशा गरेको छु।
मैले व्यक्तिगत तर्फबाट पहिलाे चरणमा नगद रू ५,००,००० ( पाँच लाख ) रूपैया सहयोग गर्ने घाेषणा गर्दछु।
आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैकाे साथमा म सधै हुनेछु ।
धन्यबाद

 

 

 

 

 

 

 

 

 

 

खबर एक्सप्रेस